birgunj1
वीरगन्ज, १९ पुस । संघीय समावेशी मधेशी गठबन्धनले वीरगन्जको मुख्यचौकहरुमा आज दिनभर टायर बालेर प्रदर्शन गरेको छ । मधेश आन्दोलनलाई झन् सशक्त बनाउने उद्देश्यले गठबन्धनका नेता कार्यकर्ताहरुले आज बिहानै देखि वीरगंजको मुख्य चौकहरुमा टायर बालेर विरोध प्रदर्शन गर्दै वीरगंज बजार पूर्ण रुपले ठप्प पारेका छन् ।

उनीहरुले बिरोध प्रदर्शन गर्नुको साथै बजारमा पैदल र मोटरसाईकलले दनभरी पटक–पटक नगर परिक्रमा गरी बजार बन्द गराएका छन् । आईतबार बिहान १० बजे केहि आन्दोलन विरोधीहरुले आन्दोलन भाड्न खोज्दा गठबन्धनका नेता कार्यकर्ताहरुले प्रतिकार गर्दा केहि बेर घण्टाघर देखि दक्षिण तर्पm तनाव समेत सृजना भएको थियो ।

गठबन्धनका संयोजक सरिफ अहमदको नेतृत्वमा रहेका नेताहरु राजेशमान सिंह, शिव पटेल, शशि कपुर मिया, राजकुमार यादव, म. कदम रसुल, प्रेमबाबु पटेल, किशोरी यादव, कृष्णा पटेल, उमेशलाल सहनी, अनिरुद्ध सिंह, भागृत साह, सुजित त्रिपाठी, मनोज कर्ण, रमेश चौधरी, रामप्रवेश सिंह, बालकृष्ण बस्नेत, प्रदिप चौरसिया, मुस्तकिम अंसारी, जलेश्वर सर्राफ, सुशिल पटेल, इश्वरचन्द्र यादव, ओम प्रकाश सर्राफ, प्रवेश सर्राफ, अजय मिश्रा, अनिल गुप्ता, महिला नेतृहरु गिता लामा, मुन्नी श्रीवास्तव, अनिता साह, सिता पटेल लगायत आम जनताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.