हुलाकी न्यूज, विराटनगर २१ भदौ । संघीय लोकतान्त्रिक मोर्चाका संयोजक एवं मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले र्शीष तीन दलका नेताले मधेशी–थारु जनतालाई धोका दिएको बताएका छन् । गच्छदारले तीन दललका नेताले आफूलाई मात्र नभई सम्पूर्ण जनतालाई धोका दिइएको र त्यसको बदला जनताले लिने बताएका छन् ।
सोमबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष गच्छदारले मेचीदेखि महाकालीसम्मका मधेशका जनताको आन्दोलनको एजेन्डा सम्बोधन नभएसम्म संविधान निर्माणको प्रक्रियामा नजाने पनि दोहर्याएका छन् ।
उनले थारु आदिवासी जनताको माग सम्वोधन नभएसम्म संविधान निर्माणमको प्रक्रियमा नजाने र दबाब मुलुक कार्यक्रम गर्न बताए । तीन दलका ठूला नेताहरु मुलुकमा द्वन्द्व सिर्जना गर्ने किसिमको संविधान निर्माण गर्नेतर्फ अग्रसर भएको आरोपसमेत लगाए ।
संविधान सभाबाट जनताले स्वीकार गर्ने संविधान जारी हुनुपर्ने बताउदै गच्छदारले सम्पूर्ण नेपाली जनताले स्वीकार नगरे पनि अधिक्तम जनताले स्वीकार गर्ने संविधान जारी नभए मुलुकमा द्वन्द्वको चपेटामा फस्ने दाबी गरे ।
अधिक्तम जनताले स्वीकार नहुने संविधान जारी भए मुलुकमा द्वन्द्व उत्कर्षमा पुग्ने र यसवाट मुलुकमा धेरै क्षतीहुने बताउँदै उनले त्यसकारण मुलुकमा हुने क्षतीको जिम्मेवारी ती दलका नेताहरुले लिनु पर्ने बताए ।



