Hanuman-aaradhana

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १९ पुस । बिराटनगरको जोगबनी धर्नामा बसेका बेला प्रहरीको आक्रमणबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत मेन्द्रनगरमा हनुमान आराधना गरिएको छ ।

धर्नामा बसिरहेको अवस्थामा प्रहरीले गरेको लाठी प्रहारबाट महतो गम्भीर घाइते भई बिराटनगरस्थित गोल्डेन हस्पिटलबाट रेफर गरिएपछि थप उपचारका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यसपछि रेफर भएपछि हाल महतोको उपचार दिल्लीस्थित मेदान्त अस्पतालमा भइरहेको छ ।

नेता महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले महेन्द्रनगरस्थित हनुमान चोक हनुमान मन्दिरको प्राङगनमा बाजा गाजाका साथ भजन किर्तन गरी हनुमान अराधना गरिएको छ । अराधना बिहान ११ बजेदेखि सुरु भई बेलुकी ३ बजे सम्म गरिएको छ ।

अराधनामा मोर्चाका नेता कार्यकर्तालगायत स्थानीयबासीहरु पनि सहभागी भएको छ । अराधनामा मोर्चाका ईन्द्र कान्त झा, बिजय सिंह, लक्ष्मण सिंह, रमेश प्रसाद मिश्र, किशोर महतो, राज कुमार यादवलगायतका नेता तथा कार्यकर्ताहरुले अध्यक्ष महतोको शिघ्र स्वास्थ्य लाभको लागि कामना गरेका छन् ।

साथै अराधना पछि प्रार्थना सभा गरिने मोर्चाका एक नेता ईन्द्रकान्त झाले बताए ।

Hanuman-aaradhana-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.