Mohamad-meharudin
हुलाकी न्यूज, काठमाडौं १९ पुस । रौतहटको गौरमा भदौ २७ गते घाइते भएका मोहम्मद मेहरुदीनको आज मृत्यु भएको छ ।

आइतबार दिउँसो एक बजेर छ मिनेटमा उनको नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा मृत्यु भएको हो ।

मेहरुदीनलाई गौरमा गोली लागेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंमा उपचार पुरा नहुँदै उनलाई पुनः रौतहटस्थित उनको घर अकुलवा बलुवा पठाइयो । काठमाडौंबाट गएकै दिन उनको घाउमा पिप जमेपछि उनी उपचारका लागि विरगंज पुगेका थिए ।

त्यसबेलादेखि उनी विरगंजमै उपचार गराउँदै थिए । मेहरुदिनको मुत्रनलीको नजिकबाट गोली गएर मलद्वारको मासुसहित बाहिरिएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउँदा आर्थिक अभाव झेलिरहेको उनले हुलाकी न्यूजलाई बताएका थिए ।

त्यसपछि केही सहयोगका रकमहरु पनि जुटेको थियो । उनकी आमा गाउँमा चामल मागेर परिवार चलाउँदै थिए ।

मेहरुदिनका बारे सम्पादक बीपी साहको विस्तृत रिपोर्ट आउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.