हुलाकी न्यूज, काठमाडौं १९ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तीन दलबीच वार्ता हुने प्रधानमन्त्री कार्यालयले जनाएपनि मोर्चाका घटकहरु वार्ताका बारे अनभिज्ञ छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हुलाकी न्यूजसँग भने,‘वार्ता बारे मलाई थाहा छैन । अरुलाई थाहा होला ।’
मधेशी मोर्चाको पछिल्लो बैठकबाट काठमाडौंमा वार्ता नगर्ने जनाएको थियो । तराई–मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले अव काठमाडौंमा वार्ता नहुने भनेका थिए ।
तर आइतबार प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले साँझ ६ बजे तीन दल र मोर्चाबीच वार्ता हुने जनाएका छन् । त्यसअघि तीनदलबीच छलफल हुने पनि अधिकारीले जनाएका छन् ।
यता सद्भावना पार्टीले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने जनाएको छ ।




