हुलाकी न्यूज, काठमाडौं १९ पुस । सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने सद्भावना पार्टीले जनाएको छ ।
आइतबार साँझ तीन दल र मधेशी मोर्चाबीच वार्ता हुने भनिएपनि सद्भावना पार्टीले वार्ता बहिस्कार गर्ने जनाएको छ ।
हुलाकी न्यूजसँगको कुराकानीमा पार्टीका महासचिव मनिष सुमनले भने,‘विराटनगर घटनापछि हामीले वार्ता बहिस्कार गरेका छौं । सरकारले माफी नमागेसम्म हामी वार्तामा बस्ने छैनौं ।’
वार्ताका लागि आफुलाई पनि जानकारी आएको भन्दै सुमनले भने,‘वार्तामा आउन हामीलाई आग्रह गरियो तर हामीले सरकारलाई माफी माग्न भन्यौं ।’




