Brijkumar-yadav

हुलाकी न्यूज, जनकपुरधाम १८ पुस । मधेशका विभिन्न जिल्लाका पत्रकारहरुलाई समेटेर मधेश पत्रकार महासंघ गठन गरिएको छ ।

बीबीसी नेपाली सेवाका संवाददाता एवं जनकपुर टुडे दैनिकका सम्पादक बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै संयोजक यादवले मधेशका सञ्चारगृह र सञ्चारकर्मीहरुको संरक्षण, सम्र्वद्धन र प्रवद्र्धनका निम्ति महासंघ क्रियाशिल रहनेछ ।

यादवले भने,‘संघीय अवधारणाअनुसार हामीले महासंघ गठन गरेका छौं । मधेशका जिल्लासहित काठमाडौं पनि यसको कार्यस्थल हुनेछ । हामी कसैसँग प्रतिस्पर्धा गर्न होइन, मधेशमा रहेका सञ्चार तथा सञ्चारकर्मीहरुको संयुक्त छाता संगठन निर्माण गर्ने प्रयास गरेका छौं ।’

शनिबार गठन भएको महासंघका सदस्यहरुमा विरगंजका दिपेन्द्र चौहान र अनिल तिवारी, महोत्तरीका हरी मण्डल र महेश दास, सर्लाहीका संतोष सिंह र विश्वनाथ ठाकुर, सिराहाका चन्द्र देव कामती र दिनेश गुप्ता रहेका छन् । त्यस्तै जनकपुरका हिमांशु चौधरी, रामशिष यादव, राजेश कर्ण र रिंकु मिश्र(गायत्री) रहेका छन् ।

नवगठित मधेश पत्रकार महासंघलाई मधेशी पत्रकार संघका सचिव बीपी साहले शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.