Upendra-yadav

हुलाकी न्यूज, काठमाडौं १८ पुस । संघीय समाजवादी फोरम नेपालले आइतबार काठमाडौंमा एक्लै जनप्रदर्शन गर्ने भएको छ ।

पार्टीको पुस १३ गते बसेको बैठकबाट काठमाडौंको सुन्धारामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
फोरम नेपालका अनुसार ‘प्रतिगामी संविधानको विरुद्ध सङ्घर्ष गरौं, अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु स्थापना गरौं’ भन्ने नाराका साथ प्रदर्शन गरिनेछ ।

प्रदर्शनमा काठमाडौंसहित चारवटा जिल्लाका सम्पूर्ण भातृ संगठनहरु सामेल हुनेछ ।

फोरमद्धारा प्रेसित जानकारी
मिति : २०७२ पुस १४ गते

विषय : जानकारी

मिति २०७२ पुस १३ गते पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठको विशेष उपस्थितिमा, महासचिव रणध्वज कन्दङ्वाको अध्यक्षतामा राजधानीमा उपलब्ध पार्टी केन्द्रीय सदस्य, नेवा प्रदेश समितिका अगुवा, राजधानीका चारवटा पार्टी जिल्ला कार्य समितिका पदाधिकारी, सबै भातृसङ्गठनका अगुवा र प्रदेश तथा जिल्ला सम्पर्क समितिका अगुवाहरुको उपस्थितिमा महत्वपूर्ण भेला सम्पन्न भएको छ । उक्त भेलामा वर्तमान राजनीतिक परिस्थिति र हाम्रो भूमिका, आगामी पुस १९ गते काठमाडौंमा हुने जनप्रदर्शन तयारी सम्बन्धमा अध्यक्ष र सहअध्यक्षज्युबाट प्रभावकारी निर्देशन भयो । भेलाले तपशील बमोजिमका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

कार्यक्रम : पुस १९ गते काठमाडौंको सुन्धारामा हाम्रो पार्टीको मात्र एकल रुपमा भव्य जनप्रदर्शन सम्पन्न गर्ने । सोको लागि –

1 राजधानीको काठमाडौ, ललितपुर, भक्तपुर र गैरभौगोलिक जिल्ला कार्य समिति र काभ्रे जिल्ला कार्य समितिहरुले आआफनै ब्यानरमुनी, झण्डा, प्लेकार्ड सहित जनप्रदर्शनमा सामेल हुने ।
2 सबै भातृसङ्गठन (महिला, युवा, साँस्कृतिक, उद्योग व्यवसाय, टे«ड युनियन, आदिवासी जनजाति, मुस्लिम फोरम, खेलकुद, बौद्धिक पेशाकर्मीका विभिन्न घटकहरु लगायत)हरुले आआफनै ब्यानरमुनी, झण्डा, प्लेकार्ड सहित जनप्रदर्शनमा सामेल हुने ।
3 पार्टी केन्द्रीय सदस्यहरु जुन जुन जिल्लामा बसोबास गर्नुहुन्छ सोही जिल्ला कार्य समितिको ब्यानरमुनी रहेर जनप्रदर्शनमा सामेल हुने ।
4 स्वयमसेवक कामको जिम्मेवारी विद्यार्थी सङ्गठनले लिने ।
5 ब्यानरमा लेखिने मूल नारा ः
प्रतिगामी संविधानको विरुद्ध सङ्घर्ष गरौं ।
अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु स्थापना गरौं ।।
6 जनप्रदर्शनमा सहभागी हुने पार्टी जिल्ला कार्य समिति र सबै जनवर्गीय सङ्गठनहरुले ब्यानर, झण्डा, प्लेकार्ड आफैले तयार गर्ने ।
7 मिति : २०७२ पुस १९ गते आइतबार
8 समय : दिनको ठीक १ बजे

स्थान : सुन्धारा, काठमाडौ ।
सङ्घीय समाजवादी फोरम, नेपाल
केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.