हुलाकी न्यूज, काठमाडौं १७ पुस । मधेशका जिल्लाहरुमा शुक्रबार धोती दिवस मनाइएको छ भने काठमाडौंमा टोपी दिवस मनाइएको छ ।
बाराको कलैयासहितका सहरहरुमा मधेशीहरुले धोती दिवस मनाएका छन् । यता काठमाडौंमा नेपाली भाषीहरुले टोपी दिवस मनाएका छन् ।
कलैयामा आयोजित धोती दिवसमा सहभागीहरुले ‘धोती हमारी सान है, मधेशका पहिचान है’ सहितका नारा लगाएका थिए । उनीहरुले धोती मधेशको राष्ट्रिय पोषाक भएको भन्दै यसलाई नेपालीहरुले पनि राष्ट्रिय पोषाकका रुपमा मान्नु पर्ने माग गरेका थिए ।
धोती जुलुस कलैयाको नगरपरिक्रमा गरी सहिद चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
यता काठमाडौंमा नेपाली भाषीहरुले तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएका छन् । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नारा उनीहरुले लगाएका थिए ।
विभिन्न समाजिक सञ्जालमार्फत भेला भएका युवाहरुले नेपालको झण्डासहित दिवस मनाएका थिए ।







