PM-kp-oli_

हुलाकी न्यूज, दमक १६ पुस । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्माण हुन नसक्ने बताएका छन् ।

ओलीले मधेशवादी दलले उठाएको जस्तो जनसंख्याको आधारमा बन्ने निर्वाचन क्षेत्र सन्तुलित नहुने दावी गरे ।

नेपालको भौगोलिक बनावटका कारणले पनि जनसङ्ख्यालाई मात्र निर्वाचन क्षेत्रको आधार बनाउन नसकिने ओलीले बताए । ‘हिमाल, पहाड र तराईसहितका क्षेत्रमा समान जनसंख्या छैनन्, यसले गर्दा पनि जनसंख्याका आधारमा उपयुक्त हुँदैन’, ओलीले भने ।

विहीबार झापाको दमकमा एमाले मेची अञ्चलले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले मधेशवादी दलले उठाउँदै आएको मागलाई वार्ताबाट समाधान खोज्न सकिने बताए । आन्दोलनले छिट्टै निकास पाउने ओलीले जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.