Jaleswar-prathana-2
रंजन भण्डारी, जलेश्वर, १६ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घटक दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै प्राथना सभा गरिएको छ । प्रहरीको कुटाईबाट घाईते भएका महतो हाल धरानस्थित बिपीकोईराला मेमोरियल अस्पतालमा उपचाररत छन् ।

उनको सिघ्र स्वास्थ्य लाभको कामनासहित महोत्तरीको प्रकौलीमा स्थानीय छात्रछात्रा र नागरिक समाजले बिहीबार प्रार्थनासभा गरेका छन् ।

सदभावनाका युवा नेता लालवावु यादवको नेतृत्वमा स्थानीय मावि प्रकौली, शान्ति निकेतन ईबो स्कुल र मिथिला ईबो स्कुलका शिक्षक र छात्रछात्रासहित नागरिक समाजसमेतको उपस्थितिमा सो प्रार्थना सभा भएको हो ।
छात्र छात्रा,शिक्षक,नागरिक समाजको व्यापक उपस्थितिमा आयोजित सो प्रार्थनासभामा उल्लेख्य उपस्थिति देखिएको थियो । प्रार्थना सभामा बोल्दै युवा नेता यादवले मधेश आन्दोलनका अगुवा नेता महतोलाई राज्यले ज्यानै मार्ने उदेश्यले हमला गरेको र अझैपनि उनको अवस्था नाजुक रहेको जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.