
हुलाकी न्यूज, काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार मधेशका जिल्लाहरुको सदरमुकाममा आज बृहत् लाठी जुलुस प्रदर्शन गरिएको छ । मोर्चाले आयोजना गरेको लाठी जुलुसमा मधेशमा संघर्षरत् अन्य सबै पक्षको सहभागिता रहेको थियो । मोर्चाको लाठी जुलुसमा जनसागर ओर्लिएको दृष्य देखिन्थ्यो ।










