
हुलाकी न्यूज, कलैया १५ पुस । बाराको कलैयामा आक्रोसित मधेशीहरुले बिपी कोइरालाको सालिक तोडफोड गरी पिसाब फिरेका छन् ।
बुधबार ठूलो संख्यामा कलैयामा जम्मा भएका मधेशीहरुले प्रर्दशन गरी नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडको क्रममा कोइरालाको सालिक तोड्दै सालिकमाथि मधेशीहरुले पिसाव फिरेका छन् ।
मधेशी मोर्चाका नेता प्रमोद गुप्ताले हुलाकी न्यूजसँगको कुराकानीमा काँग्रेस–एमाले–एमाओवादीप्रति मधेशीको आक्रोस बढ्दै गएकोले पार्टी कार्यालयमा तोडफोड भएको बताए । गुप्ताले कोइरालाको सालिकमाथि सर्वसाधारण मधेशीले आक्रोस पोख्दै पिसाब फिरेको दाबी गरे ।
स्थानीय पत्रकार संजय तिवारीले हुलाकी न्यूजलाई भने,‘आज सबैभन्दा बढी प्रदर्शनकारीहरु कलैयामा जम्मा भएका थिए । राजेन्द्र महतोमाथि भएको कुटपिटको विरोधमा आज मधेशी मोर्चा र गठबन्धनका कार्यकर्ताहरु निकै आक्रोसित देखिएका थिए । सोही कारणले नेपाली काँग्रेस र एमाले कार्यालयमा तोडफोड भएको छ ।’
पत्रकार तिवारीका अनुसार काँग्रेस कार्यालयमा तोडफोड गर्दा प्रहरी भागेका थिए भने एमाले पार्टी कार्यालयको सुरक्षामा थुप्रै प्रहरीहरु तैनात थिए ।
त्यसअघि मधेशीहरुले मोर्चाको निर्धारित कार्यक्रम अनुसार लाठी जुलुस प्रदर्शन गरेका थिए ।




This is sad. BP was not only a Nepali freedom fighter but also a very pro-madhesh person and an Indian Freedom fighter. Please understand not all khas are same. BP and Oli are so different, in every way. Madhesi cause has my support but not these activities. Jay Madhesh, Jay Nepal.