
रंजन भण्डारी, जलेश्वर, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरीको सदरमुकाम जलेश्वरमा बृहत् लाठी जुलुस प्रदर्शन गरेको छ ।
मधेशी मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार आज जलेश्वर लगायत मधेशका सबै जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको छ । जारी मधेश आन्दोलनमा जनकपुर लगायतका क्षेत्रमा झडपहरु भैरहेका कारण झडपको स्थिति आउन नदिन जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालय जानेबाटोमा मोर्चाका सिर्षस्थ नेताहरुले घेराबन्दी गरेका भेटिए ।

व्यापक जनसहभागितामा निस्केको लाठी जुलुस जिल्ला शिक्षा कार्यालयको मुल गेटबाट सुरु भई दुर्गाचोक,शंकरचोक,नगरपालिकाचोक हुदै पुनः शिक्षा कार्यालयको सामुने समापन भएको थियो । जुलुसमा युवा,नागरिक समाज,शिक्षक,बृद्धका साथै अन्य राजनितिक दलका नेताहरुको समेत सहभागिता देखिएको थियो । यता प्रहरी समेत भिडन्तको अवस्था नआओस भनेर सडकमा देखिएनन ।



