jp

काठमाडौं, १४ पुस । मधेशी महागठबन्धन निर्माणका लागि संघीय समावेशी मधेशी गठबन्धनले मधेशव्यापीरुपमा बृहत् छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

गठबन्धनले मधेशका सबै जिल्लामा विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संगठन, युवा–विद्यार्थी तथा दलित, जनजाति, मुसलमान आन्दोलनकारीहरू बीच बृहत् छलफल गरेको छ । गठबन्धनको पूर्वघोषित कार्यक्रमअनुसार आज मधेशका जिल्लाहरुमा महागठबन्धन निर्माण गर्ने अभियान थालेको हो ।

मधेश आन्दोलनलाई झन् सशक्त र निर्णायक बनाउनका लागि मधेशमा आन्दोलन सम्पूर्ण शक्तिहरुसँग कार्यगत एकता गरी ‘मधेशी महागठबन्धन’ निर्माणका लागि बृहत् छलफल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.