जनकपुरधाम, १४ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि शनिबार विराटनगर नाकामा भएको आक्रमण विरोधमा जनकपुरधाममा दिनभर प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप समेत भएको छ ।

झडपमा करिब तीन दर्जनभन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका छन् । आज दिनभर जनकपुर तनावग्रस्त बनेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता महतो माथि ओली सरकारका प्रहरीले गरेको हत्या प्रयास गरेको भन्दै प्रदर्शन गरेका थिए । हत्याको प्रयासको बिरोधमा जनकपुरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीहरुको आरोप छ ।



