हुलाकी न्यूज, जनकपुरधाम १४ पुस । जारी मधेश आन्दोलनको समर्थनमा रहेको विश्लेषक खगेन्द्र संग्रौलाले मधेशको जीत सुनिश्चित रहेको बताएका छन् । संग्रौला मधेश आन्दोलनमा सहभागी भई धर्ना र विरोधसभाहरुमा सहभागी हुँदै आएका छन् ।

जनकपुरमा सोमबार प्रशान्त झाद्वारा लिखित गणतन्त्रको संघर्ष पुस्तकको विमोचन गर्दै उनले मधेश आन्दोलनबाट सदियौदेखि उत्पीडित मधेशी समुदायको इतिहास वारे आम नेपाली तथा अन्तर्राष्टिूय समुदायको लागि पाठशाला सञ्चालन गरिदिएको बताए । उनले आफु मधेशको समस्या ढिलै बुझेपनि यसको नियमित अध्ययनमा लागेको बताए ।

त्यस्तै राजनीति शास्त्रीले मधेश आन्दोलनबाट आम जनजाति तथा अन्य पिछडीएका समुदाय पनि अधिकार प्राप्त गर्ने बताए ।

आन्दोलनमा जनजातिको सक्रियता कम देखिएपनि अछुतो नरहेको उनले बताए । अहिलेको आन्दोलनमा मधेशीले लगानी गरेको र जनजातिले त्यसको ब्याज खाइरहेको बताए ।

पुस्तकका अनुवादक उज्जवल प्रसाइले मधेशको मुद्दा वारे समयमै जानकारी पाएर आफ्नो जीवन पुर्ण भएको बताए । उनले मधेश आन्दोलनमा आफ्नो एक्यवद्धता जाहेर गर्दै आजीवन मधेशको पक्षमा वकालत गरिरहने बताएको स्थानीय पत्रिका जनकपुर टुडे छापेको छ ।

युनिफाइड ननपोलिटिकल अर्गनाइजेशनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मधेश आन्दोलनबारे आ–आप्mनो धारणा राखेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.