हुलाकी न्यूज, काठमाडौं १५ पुस । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहले अव मधेशमा सशस्त्र आन्दोलनको विकल्प नरहेकोले तत्काल सशस्त्र आन्दोलनमा सहभागी हुन मधेशीहरुलाई अपील गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिंहले मधेशीद्वारा जारी शान्तिपूर्ण आन्दोलनमा राज्यले सेना–प्रहरीको प्रयोग गरेर मधेशीलाई दबाउन खोजेको भन्दै राज्यको प्रतिकार गर्न सिंहले आग्रह गरेका छन् ।

प्रेस विज्ञप्तिमा सिहंले पाँच बुँदे अवधारणा पनि सार्वजनिक गरेका छन् । विज्ञप्तिअनुसार तस्करी गरी गैरमधेशीलाई मालसामान पु¥याउनेहरुको सफाया गर्ने, गैरमधेशीहरुको हतियार खोजेर उनीहरुका विरुद्ध प्रयोग गर्ने, स्वतन्त्र मधेशका लागि एकआपसमा कुराकानी गर्ने र नेपाली सुरक्षाकर्मीको प्रतिकारका लागि तराई मुक्ति सेना गठन प्रक्रियालाई पुर्णता दिने ।

यसअघि जयकृष्ण नेतृत्वको अखिल तराई मुक्ति मोर्चासँग सहकार्य गरेर ज्वाला सिंहले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.