saptari1
राजविराज, १३ पुस । आन्दोलनलाई सशक्त गर्न मधेशी मुक्ति जनजागरण अभियानअन्तर्गत मधेशी क्रान्तिकारी संस्कृति कार्यक्रम सम्पन्न भएको छ ।

राजविराजको गजेन्द्र चौकमा सोमबार भएको सो कार्यक्रममा ५० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको थियो । सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोलाई निरंकुश सरकारको योजनाबद्ध तरीकाले हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै मधेशका युवा तथा विद्यार्थीहरुले अब हाथमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् ।
saptari
कार्यक्रममा युवाहरुले हतियार उठाउने चेतावनीसमेत दिएका छन् । मधेशीको जायजÞ माग पुरा नभएमा खसवादी पहाडी मानसिकताका सरकारले मधेश छुटयाउन बाध्य गरिएको धारणा राखेका छन् ।

मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रम मोर्चा संयोजक शम्भु यादवको अध्यक्षता र मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको प्रमुखअतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालका विद्यार्थी इंचार्ज अशोक यादव, विद्यार्थी मंचका पूर्वकेन्द्रीय संयोजक दिनेश कुमार यादव, विद्यार्थी नेता मकसुदन यादव, मोर्चा सहसंयोजक तारकेश्वर यादव, विद्यार्थीहरूले कविता, चुटकिला गीत र गजलसमेतबाट सरकारको विरोध गरिएको गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.