हुलाकी न्यूज, राजविराज २१ भदौ । लण्डनमा रहेका मधेशीहरुको संस्था एशोसिएशन अफ नेपालीज मधेशी इन यूके(एनमुक)ले घोषणा गरे बमोजिम जारी मधेश आन्दोलनमा मृत्यु भएका सप्तरी भारदहका राजिव राउतको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एनमुकले राउतको परिवारलाई सोमबार ६० हजार बराबरको चेक प्रदान गरेको हो । भारदहस्थित राउतको निवासमा पुगी एनमुकका तर्फबाट कृषचन्द्र साहले राउतकी श्रीमतिलाई चेक जिम्मा लगाएका छन् ।
राउतको परिवारलाई राहत स्वरुप सहयोग प्रदान गरिएको र अगामी दिनमा पनि एनमुकले सहयोग जारी राख्ने सह–अध्यक्ष ई.ओम नायकले जनाएका छन् ।




