tamalopa
काठमाडौं, १३ पुस । तराई–मधेश लोकतान्त्रिक पार्टी स्थापना भएको आज ८ वर्ष पूरा गरेको छ । तमलोपाले वार्षिकोत्सव नमनाइकन यसपटक संकल्प दिवसको रुपमा मनाएको छ ।
tmdp1
तमलोपाले केन्द्रीय कार्यालय काठमाडौंसहित मधेशभरि संकल्प दिवस मनाएको हो ।

तराई–मधेशमा जारी रहेको आन्दोलन र आन्दोलनमा शहादत प्राप्त गरेकाहरुप्रति समर्पित भई संकल्प दिवसको रुपमा मनाएको हो । तमलोपाले जारी गरेको संकल्प पत्रमा लक्ष्य प्राप्त नभएसम्म अविचलित भई संघर्षरत् सबै पक्षसँग ऐक्यबद्धता राखी संघर्ष गरिरहने प्रतिबद्धता जनाएको छ ।
tmdp4
तमलोपा केन्द्रीय कार्यालयमा झण्डोतोलन गरिनुका साथै मधेश आन्दोलनका घाइतेहरुका लागि रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.