attack in morang (2)

हुलाकी न्यूज/ अमरेन्द्र कुमार यादव, विराटनगर/झपरतल, १३ पुस ।
मोरङको दुई स्थानमा मधेशीहरुमाथि खुकुरी आक्रमण हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ ।

मोरङ र झापाको सिमाना पर्ने गोविन्दपुर ७ आमबारी र झपरतलमा मधेशीहरुमाथि खुकुरी प्रहार भएको छ ।

सुरुमा करिब एक बजेतिर आमबारीमा मधेशीहरुले प्रदर्शन गर्दा गैरमधेशी समुदायले प्रतिकार गरेका थिए । जसबाट करिब एक दर्जन मधेशीहरु घाइते भएका थिए । त्यसपछि गैरमधेशी समुदायले झपरतलमा रहेका मधेशी समुदायको घर–घरमा प्रवेश गरी खुकुरी र तलवार प्रहार गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वाञ्चल नेतृत्वकर्ता शंकर प्रसाद साहले हुलाकी न्यूजलाई बताए ।

त्यसै क्षेत्रमा घर भएका नेता साहका अनुसार सुरुमा आमबारीमा झडप हुँदा दुबै पक्षका व्यक्तिहरु घाइते भएका थिए । त्यसपछि आक्रमक बनेका गैरमधेशी समुदायले झपरतलमा अल्पसंख्यक रहेका मधेशी समुदायका घरमा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट दुबै स्थानमा २० जनाभन्दा बढी घाइते भएको साहले बताए जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीरहरुको उपचार विराटनगरमा

morang1

आमबारीका घाइतेहरुको उपचार बिराटनगरस्थीत गोल्डेन अस्पतालमा भईरहेको छ । अस्पताल पुगेका सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै अस्पतालमा रहेका पाँच जनाको अवस्था गम्भीर रहेको बताए ।

यादवका अनुसार अन्य घाइतेहरुको नाम खुल्न सकेको छैन । गोल्डेनमा उपचार गराईरहेकाहरु गोबिन्दपुर ७ आमबारीका अन्दाजी ८० बर्षिय बच्चा मियाँ, अन्दाजी ५० बर्षिय महाब्दा मियाँ, त्यस्तै अन्दाजी ४० बर्षिय गोर सिंह रहेका छन् ।
त्यस्तै अन्यहरुको नाम खुल्न नसकेको यादवले बताए ।

त्यस्तै अन्य घाइतेहरुको उपचार स्थानीय मेडिकलमा भएको नेता साहले हुलाकी न्यूजलाई बताए ।

पुलिसकै अगाडि खुकुरी हाने

गोल्डेन अस्पतालमा उपचार गराइरहेका महाब्दा मियाँले भने,‘प्रदर्शनकारीहरुले नारावाजी गर्दा प्रहरी अगाडि–अगाडि थियो र त्यसको पछाडी पहाडेहरु थिए । अचानक पहाडेहरुले खुकुरी तलवार लिएर आक्रमण गरे । पुलिसहरु हेर्दै थिए । उनीहरुले काटखोट गरिसके पछि प्रहरीले उनीहरुलाई धपाए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.