Janakpur-protest-1

पुरन साह, जनकपुरधाम १३ पुस । जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ९ जना घाइते भएका छन् ।

घाइते प्रदर्शनकारीहरुलाई प्रहरीले जानकी प्रहरी चौकीमा राखेको छ । साथै स्थानीय अप्पन टिभीका संवाददाता आस्तिक साह र क्यामेरा म्यान राकेश मिश्रलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीय अखबार अभिलापका सम्पादक रामहृदय यादवलाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ ।

झडपमा घाइते भएका सर्वसाधारणहरु जीतेन्द्र ठाकुर, विकास भण्डारी, मनोज साह र आनन्द सहनीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा राखेको प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरुले हुलाकी न्यूजलाई बताए ।

११ बजेदेखि जानकी चौकसहितका स्थानमा प्रदर्शनकारीहरुले प्रर्दशन गरेपछि झडप भएको हो ।

यता लक्ष्मिनियाँ बजारमा प्रदर्शनकारीहरुले तीन वटा मोटरसाईकल जलाएको छ । पेट्रोल तस्करी गरिरहेको भन्दै प्रदर्शनकारीहरुले उक्त मोटरसाईकल जलाएका हुन् ।

शनिबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणको विरोधमा आइतबार विहानैदेखि जनकपुरसहितका स्थानमा प्रदर्शन तीब्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.