हुलाकी न्यूज, विराटनगर १३ पुस । शनिबार प्रहरीको आक्रमणमा परी घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था विग्रिदै गएको छ ।
पार्टीका सहमहासचिव देबेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै महतोको अवस्था गम्भीर हुँदै गएको बताए । यादवले भने,‘विराटनगरमा महतोको उपचार सम्भव नभएपछि आइतबार अबेर राति महतोलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।’
महतोसँगै अस्पतालमा रहेका यादवका अनुसार महतोको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था विग्रिदै गएको छ । महतोको ब्लड प्रेसर पनि अस्थिर रहेको तथा शरिरका विभिन्न भागमा लागेको चोटले समस्या भईरहेको डाक्टरहरुलाई उदृट गर्दै यादवले बताए ।
यादवका अनुसार महतोको उपचारका बारे डाक्टरहरुले सल्लाह गरिरहेको र धरानमा सम्भव नभए बाहिर लगिनेछ ।
गएराती एम्बुलेन्सबाट महतोलाई धरान लगिएको छ ।





