हुलाकी न्यूज, काठमाडौं १३ पुस । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा प्रशान्त झाद्वारा लिखित ‘ब्याटल्स अफ द न्यु रिपब्लिक’को नेपाली अनुवाद ‘गणतन्त्रको संघर्ष’ पुस्तक विमोचन भयो । विमोचन कर्ताहरु थिए, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली काँग्रेसका नेता प्रदिप गिरी । साथै टिप्पणीकारहरु थिए पत्रकार नारायण वाग्ले र सुरभी पुडासैनी ।
पुस्तकका अनुवादक तथा कार्यक्रम सञ्चालक उज्ज्वल प्रसाईंले कार्यक्रममा बारम्बार भने,‘मधेश बुझ्न प्रशान्त झाको पुस्तकले मदत गरेको छ । मैले बुझेको अपुरो र अधुरो मधेशलाई यो पुस्तकले बुझ्न निकै सहज बनाएको छ ।’
त्यस्तै पुस्तकको अग्रेजी संस्करण प्रकाशित हुँदा आलोचनात्मक प्रतिक्रिया लेखेकी सुरभी पुडासैनीले पनि मधेश बुझ्न प्रशान्तको किताबले मदत गरेको बताईन । उनले मधेशको समस्या र मधेशको भविष्य बुझ्ने विषयमा यो पुस्तक निकै उपयोगी भएको बताईन ।
पुस्तकमा भएको ‘मधेशी विद्रोह’ ‘तराईमा एक वर्ष’ र ‘धोती पुगे सिंहदरबार’ जस्ता च्यापटरहरुले मधेश बुझ्न सजिलो बनाएको छ ।
जसमा मधेशका समान्य विषय बस्तुहरुलाई निकै गहन तबरले उठाइएको छ । सरल भाषामा लेखिएको उक्त पुस्तक सर्वसाधारणलाई बुझ्न असहज नहुने पुस्तक पढ्नेहरु बताउँछन् । पुस्तकलाई फाईन प्रिन्ट काठमाडौंले प्रकासनमा ल्याएको छ ।






नेपालको निर्माण हुनु अघिदेखि नै यो भूखण्डमा मधेशीहरूको उपस्थिति छ – डा. सुरेन्द्र केसी (इतिहासविद्… https://t.co/Jjd4T1hQ8Y via @tarainews25
लहरों से घबराकर नौका पार नहीं होती,
कोशिश करने वालों की कभी हार नहीं होती।
नन्हीं चींटी जब दाना लेकर चलती है,
चढ़ती दीवारों पर सौ बार फिसलती है,
मन का विश्वास रग मे साहस भरता है,
चढ़कर गिरना गिरकर चढ़ना न अखरता है,
मेहनत उसकी बेकार हर बार नहीं होती,
कोशिश करनेवालों की कभी हर नहीं होती।
डुबकियां सिन्धु में गोताखोर लगाता है,
जा जाकर खाली हाथ लौटकर आता है,
मिलते न सहज ही मोती गहरे पानी में,
बढ़ता दुगुना विश्वास इसी हैरानी में,
मुट्ठी उसकी खाली हर बार नहीं होती,
कोशिश करनें वालों की कभी हार नही होती।
असफलता एक चुनौती है स्वीकार करो,
क्या कमी रह गई देखो और सुधार करो,
जब तक न सफल हो नींद चैन की त्यागो तुम,
संघर्षों का मैदान छोड़ मत भागो तुम,
कुछ किए बिना ही जय जयकार नही होती,
कोशिश करनें वालों की कभी हार नही होती।
– श्री हरिवंशराय बच्चन