madheshi-morcha-meeting

हुलाकी न्यूज, काठमाडौं १२ पुस । शनिबार विराटनगरमा धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि भएको लाठी चार्जको विरोध गर्दै सद्भावना पार्टीले अव सरकारसँगको वार्तामा नबस्ने बताएको छ ।

पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजसँग कुराकानी गर्दै अव आफुहरु वार्तामा नबस्ने बताए । उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्तामा बस्ने वा नबस्ने विषयमा छलफल गरी रहेको बताए ।

सुमनका अनुसार आइतबारको मोर्चाको बैठकमा वार्तामा नबस्ने विषयमा निर्णय भएको छैन तर उक्त कार्यको भत्र्सना गरिएको छ ।

यता मोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा महतोमाथि भएको आक्रमणको भत्सर्ना गरिएको थियो

विज्ञप्तिमा भनिएको छ,‘सिलसिलामा यही पौष ११ गते शनिवार विराटनगरको जोगवनी नाकामा धर्ना बसिरहेको अवस्थामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुलाई माथी प्रहरीले लाठी प्रहार गरी सख्त घाइते बनाएको छ । राज्यको दमनकारी नीति र कार्यको मोर्चा घोर विरोध, भत्र्सना र निन्दा गर्दछ । उक्त घटनाका सम्बन्धमा न्यायिक छानविन गरी दोषिमाथि अबिलम्ब कारबाही गरिनु पर्दछ । शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न पाउने जनताको लोकतान्त्रिक अधिकारलाई सरकारले निषेध गर्ने कार्यको अन्त्य गर्नु पर्दछ ।’

मोर्चाको विज्ञप्ति

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

२०७२ पौष १२

प्रेस विज्ञप्ति

शताब्दियौंदेखि राज्यसत्ताद्वारा मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, उत्पीडित खस तथा सीमान्तृकत समुदायमाथि कायम गरिँदै आएको शोषण, उत्पीडन, दमन र विभेदका विरुद्ध मधेश÷थरुहट आन्दोलन जारी नै रहेको अवस्थामा जनताले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा कैलाली, बाँके, धनुषा, सर्लाही, रौतहट, मोरङ, पर्सा लगायत विभिन्न जिल्लाहरुमा सरकारले राज्य आतंक फैलाई जातीय नरसंहार, हिंसा, हत्या, धरपकड र झूठा मुद्दा लगाई क्रूर तथा बर्बर दमन गर्ने कार्यहरु गर्दै आइरहेको छ । यसै सिलसिलामा यही पौष ११ गते शनिवार विराटनगरको जोगवनी नाकामा धर्ना बसिरहेको अवस्थामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुलाई माथी प्रहरीले लाठी प्रहार गरी सख्त घाइते बनाएको छ । राज्यको दमनकारी नीति र कार्यको मोर्चा घोर विरोध, भत्र्सना र निन्दा गर्दछ । उक्त घटनाका सम्बन्धमा न्यायिक छानविन गरी दोषिमाथि अबिलम्ब कारबाही गरिनु पर्दछ । शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न पाउने जनताको लोकतान्त्रिक अधिकारलाई सरकारले निषेध गर्ने कार्यको अन्त्य गर्नु पर्दछ । सरकारले हिंसा, हत्या, गिरफ्तारी र झूठा मुद्दामा फसाउने कार्य तत्काल बन्द गरी जनताले उठाएका राष्ट्रिय मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गरिनुपर्दछ । यसका साथै, मोर्चाको निर्णय अनुसार घोषित विरोधका कार्यक्रमहरुमा शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्न गराउन मोर्चासँग आबद्ध सबैमा मोर्चा अनुरोध गर्दछ । अन्त्यमा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत सम्पूर्ण घाइतेहरुको शीघ्रस्वास्थ्य लाभका लागि मोर्चा कामना गर्दछ ।

…………………….. …………………………..
उपेन्द्र यादव महन्थ ठाकुर
अध्यक्ष अध्यक्ष
संघीय समाजवादी फोरम, नेपाल तराई–मधेश लोकतान्त्रिक पार्टी

……………………… ……………………….
नरसिंह चौधरी महेन्द्र राय यादव
वरिष्ठ उपाध्यक्ष अध्यक्ष
सद्भावना पार्टी तराई–मधेश सद्भावना पार्टी, नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.