malagnwa
मलंगवा, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक नेता ८ दिनपछि हिरासतमुक्त भएका छन् । मोर्चाका नेता तथा संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई आज जिल्ला अदालत सर्लाहीले निःशर्त रिहा गरेको छ ।
उनको रिहाइका लागि लगातार मोर्चाका नेता तथा कार्यकर्ताहरु दिनहुँ प्रदर्शन गर्दै आएका थिए । मोर्चाका नेता यादवलाई गत आइतबार मलंगवाको एक एफएमबाट अन्तर्वार्ता दिने क्रममा पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.