हुलाकी न्यूज, जनकपुरधाम, २१ भदौ । जनकपुरस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार जनकपुरमा निकालेको वृहत्त प्रदर्शनका क्रममा प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

मधेशी मोर्चाले सोमबार जनकपुरमा निकालेको लाठी जुलुसमा पाँच हजारभन्दा बढीको सहभागिता रहेको थियो । प्रदर्शनकारीले मधेश विरोधी पार्टी भन्दै कांग्रेसको पार्टी कार्यालमा आगजनी गरेका हुन् ।

आगजनीले कांग्रेस पार्टी कार्यालय जलेर ध्वस्त भएका छ । पार्टी कार्यालयको भवन पनि बाँकी छैन । यता, प्रदर्शनकारीले जनकपुरस्थित एमालेको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

मधेशी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले जनकपुरमा हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरेको हो ।

रामचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ ।

यता, महोत्तरीको गौशालामा पनि प्रदर्शनकारीले प्रहरी विटमा आगजनी गरेका छन् ।

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.