
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, १२ पुस । डा.बाबुराम भटटराईको नयाँ शक्ति अभियानले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेको छ ।
नयां शक्ति निर्माण अभियान नेतृ तारा देवी महतोलाई बिना कारण गुण्डा गर्दी शैलीमा पक्राउ गरेको कार्य प्रति भत्र्सना गर्दै महेन्द्रनगर बजारमा प्रदर्शन गरेको छ ।
नयाँ शक्तिका अभियन्ता बिजय कुमार यादवको नेतृत्वमा गरिएको प्रदर्शन महेन्द्रनगरको हनुमान चोक देखि शुरु भई प्रदर्शन अमर चोक , क्षीरेश्वर चोक , सखुवा चोक हुँदै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडि अन्दाजी ५ मिनेट सम्म प्रशासन बिरुद्ध नारा लगाई प्रदर्शन गरेको थियो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरीको पनि संलग्नतामा भएको यो अमानविय कार्य त्यसको लागि माफी माग्नु पर्ने चेतावनीका साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडि प्रदर्शन गरेको हो ।
प्रशर्दनकारीहरु केही बेर प्रदर्शन पश्चात ईलाका प्रहरी कार्यालका प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरी बाहिर आई पिडित तारा देवी महतो लगायत सम्पुर्ण आन्दोलनकारी समक्ष गल्ती भएको स्वीकार गरेको हो ।
गल्ती स्वीकार गरे पश्चात आन्दोलनकारीहरु पुनः हनुमान चोकमा पुगि प्रदर्शनलाई कोणसभामा परिणित गरेकोल थियो । कोणसभाको सम्बोधन गर्दै पिडित नयाँ शक्ति तारा देवी महतोले भनिन जे मधेश आन्दोलन जारी छ त्यो हाम्रो राष्ट्रको भ्रष्ट सरकार जो मधेशीको माग सम्बोधन नगरि अहिले पनि मन्त्रालय हेरफेरमा व्यस्त छन् तर मधेशमा के भईरहेको छ त्यो प्रति केही चासो छैन् तर हाम्रो यो मधेशीको हकहितको लागि जारी आन्दोलनलाई मत्थर बनाउन मधेशमा महिलाहरुलाई समात्ने नयाँ प्रक्रिया अपनाएका छन् । उनले भने राष्ट्रपतिलाई जनकपुरमा अपमान गर्यो बिधवा भन्यो कालो झण्डा देखायो त्यसको लागि अहिले छानबिन समिति गठन गरि सरकारले जनकपुर पठाएको छ तर यहि नेपालकै मधेशमा त्यई एक बिधवा महिला निर्दोश महिला जो माथि प्रहरी प्रशासनको दमन बर्बरता भएको त्यसको छानविन समिति को गठन गर्ने भने प्रश्न गरे ? त यहाँ के प्रष्ट हुन्छ कि त्यई भ्रष्ट सरकार त्यई भ्रष्ट सिडियो एसपी जो एउटी बिधवा महिलालाई संरक्षण गर्छन भने एउटी बिधवा महिलासँग नांगै नाच गरेको उनले संज्ञा दिए ।
सोही कोणसभामा नयाँ शक्तिका अभियन्ता एवं भुपुमन्त्री अरबिन्द साहले भने यो प्रहरी प्रशासन जसलाई हामी रक्षक मान्छौ त्यो प्रहरी प्रशासन हाम्रो समाजको एकल महिलाहरु लाई आतंकाबादी , गुण्डा गर्दी शैलीमा गिरफतार गर्न थालेको छन् । यतिदिन त सरकारले टाउकोमा छातीमा गोली हानेको मृत्युको सैयामा बसाई दियो तर अब त्यो बाट थाके पश्चात अव हाम्रा समाजका निर्दोष महिलाहरुलाई समात्ने नयाँ उपाय अपनाएका छन् । त्यई भएर यो धटना तारा देवी माथि मात्रै नभएर मधेसको अरु महिला माथि पनि हुन सक्छ त्यसको लागि अब हामीलाई चुप लागेर होईन कडा आन्दोलमा उत्रिनु पर्छ र हामी आज त्यसकै बिरोधमा यो प्रदर्शन गरेको थियौ उनले भने ।
साथै सो कोणसभामा नयाँ शक्तिका बिजय कुमार यादव , मेहेन्द्र राय लगायतका बक्ताहरु प्नि आफ्नो मन्तव्य राखेका थिए ।



