हुलाकी न्यूज, काठमाडौं, २१ भदौ । दस बुँदे ज्ञापनपत्र पार्टी अध्यक्षलाई बुझाउँदा पनि त्यस विषयमा पार्टीले चासो नदिएको एमालेका मधेशी सभासदहरुको भनाई रहेको छ । पार्टीभित्र मधेश थरुहटको मुद्दा उठाउँदा उठाउँदै सम्बोधन नहुँदा मधेशी र थारु सभासदहरु दुखित बनेका छन् ।
धनुषा क्षेत्र नम्बर ७ बाट निर्वाचित सभासद शत्रुघन महतो हुलाकी न्यूजसँग भन्छन्, ‘हामीले अध्यक्षलाई आफ्नो मागहरु बुझायौं, त्यस विषयमा पार्टीमा अहिलेसम्म केही भएको बुझिएको छैन । हामी पार्टीभित्र संघर्ष गरिरहेका छौं तर, हाम्रो संघर्षको कदर भएको छैन ।’
पार्टीमा आन्दोलनका विषयमा अधिक कुरा गर्न सक्ने अवस्था नरहेको भन्दै महतोले भने,‘जारी आन्दोलनमा समर्थन जनाउन हामीले पार्टी नै छोड्नुपर्ने हुन्छ । हाम्रो अवस्था कस्तो छ भने, या त पार्टीमा बस्नुपर्छ या त पार्टी छोडेर आन्दोलनमा जानुपर्छ । तर, अहिलेसम्म हामी पार्टीमै बसेर संघर्ष गरिरहेका छौं ।’
हाम्रा नेतालाई भन्यौं, ‘सोचेर बोल्नुस’
जारी आन्दोलनमा अधिकांश स्थानमा एमालेको पार्टी कार्यालय तथा एमाले सभासदहरुको घरमा तोडफोड भएको छ । आन्दोलनकारीहरु एमालेप्रति निकै आक्रमक देखिँदै आएका छन् ।
एमाले अध्यक्ष केपी ओलीप्रति आन्दोलनकारीहरु ओलीकै बोलीले आक्रमक भएको देखिन्छन् । उक्त विषयमा महतो भन्छन्, ‘कसैलाई घोच्ने पेच्ने, होच्याउने खालको अभिव्यक्ति नदिन हामीले हाम्रा नेताहरुलाई भनिसकेका छौं । मधेशकै मतबाट हामी जितेका छौं र मधेशीलाई होच्याएर आएका अभिव्यक्तिहरु सरासर गलत हो । यस्तो अभिव्यक्ति नदिन हामीले नेताहरुलाई आग्रह गरेका छौं ।’
एमाले पार्टी संविधान जारी गर्ने पक्षमा रहेकोले एमालेप्रति आन्दोलनकारीहरु अधिक आक्रमक भएको महतोको दाबी छ ।




मधेशी वर्गलाई नै ओली लगायतका कुनेताहरुले aहिले गाली र अनावश्यक शब्दहरुले होच्याएको यसको अर्थ के मधेशवादी नेतालाई मात्र भनेको होईन यी कुरामा मधेशबाट गएका अन्य मधेशीहरु किन चुप लागेको बसेको छ ? के शत्रुधन, निधी, महासेठ जस्ता नेताहरु मधेशी होईन यदि हो भने किन लाज पचाएर चापलोशी गरिरहेका छन् ? के मधेशी र मधेशी नेताहरु सधै आत्मसम्मान नै गुमाएर बस्न चाहन्छ ?
Chakari ke Parakastha, Dhikar hau Tora Congress aur UML aa Maobadi Ke Sabhasad
Aba pani moha bhanga na bhaye kahile hune? Emale aba krantikari party rahena.. KP-Bidya ra Bamadeva jasta nirankustaawadi netako chakadi ma amulya jeewan kati bitaunuhuncha. Hepahaharu lai jati chado tiyage uti ramro.
madhes ko mukti ko lagi party bhanda mathi uthnus hai