Third-allince

हुलाकी न्यूज, रौतहट ११ पुस । मधेशमा जारी अन्दोलनका क्रममा भइरहेका मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई मध्य नजर गरी तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलाईन्स)ले बिभिन्न जिल्लाहरुमा कार्यरत मानव अधिकार रक्षकहरुका लागि अनुगमन तथा अभिलेखन सम्बन्धि दुई दिने तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न गरेको छ ।

थर्ड एलाईन्सद्वारा शुक्रवार र शनिवार सम्पन्न दुईदिने तालिममा तराईका बिभिन्न जिल्लाहरुमा कार्यरत २२ जना मानव अधिकार रक्षकहरुले सहभागी भएका थिए ।

तालिमको पहिलो दिन सहभागीहरुले अन्दोलनका क्रममा मानव अधिकार अनुगमन तथा अभिलेखन गर्दा आ–आफ्नो अनुभव तथा चुनौतिहरु आदानप्रदान गरेका थिए । मानव अधिकार अनुगमनका बेला अन्दोलनकारी र सुरक्षाकर्मीहरु दुइटैबाट जोखिम रहेको कुरा सहभागीहरुले जानकारी गराएका थिए ।

त्यसैगरी, दोस्रो दिनको तालिम सत्रहरुमा थर्ड एलाईन्सका शैलेन्द्र प्रसाद हरिजनले यातनाका बारेमा, अविनाश कर्णले अत्यधिक बलको प्रयोगका बारेमा र दिपेन्द्र झाले मानव अधिकार अनुगमन तथा अभिलेखन गर्दा ध्यान दिनुपर्ने कुराहरुबारे सहजीकरण गरेका थिए ।

सो तालिमले सहभागीहरुको क्षमता अभिवृद्धि भएको, र यसले मानव अधिकार अनुगमन तथा अभिलेखनका कार्यहरु अझ बढी प्रभावकारी हुने जानकारी थर्ड एलाईन्सका रन्धिर चौधरीले हुलाकी न्यूजलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.