Birgunj-protest
अर्कना खातुन, काठमाडौं ११ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वनिर्धाति कार्यक्रमअनुसार शनिबार मधेशका सम्पूर्ण जिल्लामा शक्ति प्रदर्शन हुँदैछ । त्यस्तै संघीय समावेशी मधेशी गठबन्धनले विरगंजमा युवा जागरण सभा गर्दैछ ।

मधेशी मोर्चाको पछिल्लो बैठकबाट सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मोर्चाले आज जिल्ला सदरमुकाम तथा नगरहरुमा शक्ति प्रशर्दन गर्न लागेको हो ।

मोर्चाका नेताहरुका अनुसार शक्ति प्रदर्शनका क्रममा प्रहरीबाट हस्तक्षेप हुन सक्ने भन्दै त्यसको तयारीसमेत थिएको छ । मोर्चाले शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ ।

यता संघीय समावेशी युवा गठबन्धनले विरगंजको माईस्थानमा जागरण सभा गर्दैछ । अधिकार प्राप्तिका लागि जागरण भन्दै आज सभा गर्न लागिएको युवा गठबन्धनका संयोजक इश्वर यादवले हुलाकी न्यूजलाई बताए ।

यादवका अनुसार जागरण सभाबारे जानकारी गराउन शुक्रबार साँझ मोटरसाईकल रैली प्रदर्शन गरिएको थियो ।

तस्बिर : शुक्रबार विरगंजमा प्रदर्शन गरिएको मोटरसाईकल रैली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.