Yuva-Sangh-Logo

हुलाकी न्यूज, काठमाडौं ११ पुस । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका पदाधिकारीहरु जारी मधेश आन्दोलनका विरुद्ध बोलेर चर्चामा आउने गरेका छन् । आन्दोलन मथर पार्न विभिन्न कार्यक्रम बनाएपनि युवा संघको कुनै पनि कार्यक्रम मधेशमा सफल हुन सकेको छैन । पूर्व–पश्चिम राजमार्ग क्षेत्रका पहाडी बाहुल्य स्थानमा प्रहरीको घेरामा दुई ठाउँमा कार्यक्रम भने सम्पन्न भएको छ ।

तर शुक्रबार सप्तरीमा गर्ने भनिएको कार्यक्रमबाट संघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत नै भागेपछि कार्यक्रम हुन सकेन । मधेशी मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणहरुले बस्नेत आउने सूचना पाएपछि भाटालगायत सामाग्रीहरुले खोजी गर्न थालेका थिए ।
एमालेको पार्टी कार्यालय राजविराज–५ स्थित मदननगरमा भेला बोलाए पनि संघका केन्द्रीय सचिवालय सदस्य निरन्जन झाको राजविराज–२ पडरियास्थितको घरमा कार्यक्रम गर्न लागिएको थियो ।

जसलाई सम्बोधन गर्न बस्नेत राजविराज आएपछि मोर्चाले चहलपहल तीब्र पारेका कारण भेलाहरु हुन सकेन् । प्रहरी श्रोतका अनुसार मोर्चाको अवरोधका कारण भेलामा सहभागी हुन आएका संघ केन्द्रीय नेता बस्नेतसहितका युवा संघका नेताहरु कार्यक्रम नै नगरी प्रहरी स्कर्टिङ्गमै फिर्ता भएका छन् ।

मोर्चा कार्यकर्ताहरुले राजविराजस्थित विभिन्न होटेल र मदननगरस्थित एमाले जिल्ला कार्यालयमा समेत नेता बस्नेतको खोजी गर्न पुगेका थिए । मोर्चाको अवरोधले गर्दा कार्यक्रम हुन नसक्ने र मुठभेडको स्थितिलाई आंकलन गर्दै स्थानीय प्रहरीले बस्नेतलाई शुक्रवार बिहान ११ बजेतिर जिल्लाबाट बाहिर पु¥याइदिएको जनाइएको छ ।

यसैबीच एमाले भातृ संगठन युवा संघको कार्यक्रम राजविराज र कठौनामा हुन नदिएको मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले जानकारी दिएको न्यूजटुडेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.