
रंजन भण्डारी, जलेश्वर, १० पुुस । महोत्तरी सदरमुकाम जलेश्वर २ स्थित संजय साहको घरमा शुक्रबार अपरान्ह ग्यास लिक भई आगलागी हुँदा तिन जना गम्भिर घाईते भएका छन् ।

घाईते हुनेहरुमा संजय साह उनकी पत्नी देवी कुुमारी पुर्वे र उनका किराना पसलमा काम गर्ने जलेश्वर १४ महादेव पटटी टोलका १४ वर्षिय वालक कुन्दन चौधरी रहेका छन् ।
ग्यास अर्को सिलेन्डरमा हाल्ने क्रममा लिक भई आगो लागेको प्रहरीको प्रारम्भिक भनाई रहेपनि खाजा पकाउने बेला रेगुलेटर जाम भएर रेगुलेटर विस्फोट भएको स्थानिहरुको भनाइ रहेको छ ।

९० प्रतिशत जलिसकेको अवस्थामा देवी कुमारी पुर्वेलाई शान्ति कम्युनिटी हस्पिटलबाट पटना रेफर गरिएको छ भने अन्यको सोहि ठाउमा उपचार भैरहेको छ ।



