morcha nepalgunj

आशिष गुप्ता, नेपालगन्ज, १० पुस । नेपागन्जको जमुनाहा नाकामा शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेशी मोर्चाका ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सद्भावना पार्टीका नेता राम कुमार दिक्षित, गुरु कुर्मी, अनिस अन्सारी, बदलु कुर्मी रहेको मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्राले बताएका छन् ।
मधेशी मोर्चाले बिगत लामो समय देखि मधेशका जायज माग तथा मुद्दा संविधानमा सम्बोधन गराउने उद्देश्यले आनदोलनमा उत्रेका मधेशी मोर्चाले बिगतको बन्द आमहडतालको रुप फेरि अहिले बन्दलाई नाका तथा राजमार्ग केन्द्रित गरेको छ । यसले आम नागरिक तथा व्यापारी लगायत क्षेत्रहरुमा राहत भएको छ ।
मोर्चाले शान्तिपुर्ण आन्दोलन गर्दा पनि प्रशासनले ब्यापक रुपमा प्रहरी परिचालन गरि ज्यादती गरेको मोर्चाका प्रवक्ता मिश्राले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.