Hulaki-cropped-logo-small1222

काठमाडौं, १० पुस । आन्दोलनको क्रममा मधेशका पत्रकार र संचारगृहमाथि प्रहरीले गरेको दुर्व्यवहारको प्रेस मञ्च नेपालले भर्त्सना गरेको छ । राज्य पक्षद्वारा बारम्बार भइरहेको आक्रमण र दुर्व्यवहारको प्रेस मञ्च नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी निन्दा गर्दै यसप्रकारको घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको मागसमेत गरेको छ ।
आन्दोलनको क्रममा मोरङ, सर्लाही र कपिलवस्तुमा संचारकर्मी र संचारगृहमाथि राज्यपक्ष द्वारा आक्रमण र दुर्व्यहारको घटना प्रति दुःख व्यक्त गर्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
विराटनगरका कान्तिपुर संवाददाता अवधेश झा, मलंगवाका रेडियो मधेशमा आबद्ध विश्वनाथ ठाकुर र कपिलवस्तुबाट प्रकाशित खोज न्यूज टूडेका प्रकाशक र मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष मनोज कुमार ओझा माथि नेपाल प्रहरीद्वारा निर्मम कुटपीट र दुर्व्यवहारको घटनाको भएको भन्दै मञ्चले विरोध जनाएको छ ।
नेपाल प्रहरी प्रशासनका अधिकारीहरूलाई संचारकर्मीहरूसँग सम्मानजनक व्यवहार गर्न, समाचार संकलन र सम्प्रेषणको कार्यमा कुनै पनि बहानामा बाधा नपुर्याउन समेत माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.