prachanda
काठमाण्डु, २१ भदौ – संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् ।

कांग्रेस, एमाले, र एमाओवादीका तर्फबाट शनिवार दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान दाहाल निवास लाजिम्पाट पुगेका एमाओवादीका सातजना थारु सभासद्हरुलाई उनले भने, ‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिबद्ध छु, तपाईहरुलाई चित्त बुझ्दैन भने पार्टी छोडेर जानुहोस् ।’

अन्नपूर्णपोस्ट् दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.