काठमाडौं, १० पुस । तराई–मधेशमा जारी भएको आन्दोलनले साढे चार महिना पूरा गरिसक्दा पनि आन्दोलन दिनदिनै झन् कडा हुँदै गएको छ भने मोर्चाको शीर्ष नेताहरु राजनीतिक भेटघाटमा व्यस्त देखिन्छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवले आज विभिन्न चरणमा ठूला दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । स्रोतका अनुसार प्रचण्ड र मोर्चाका नेताहरुबीच आजै भएको भेटवार्तामा राजनीतिक गतिरोध अन्त्यको प्रयासमा राजनीतिक परामर्श आदान–प्रदान भएको हो ।
मधेशी मोर्चाले राखेको मागहरु जायज रहेको भन्दै आएका ठूला दलका नेताहरुले समयमै सम्बोधन नगरेर नेपाली जनता दुःख पाइरहेका छन् ।
मधेशी मोर्चाका नेताहरु आज नेपाली कांग्रेस र नेकपा एमाले शीर्ष नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेको मोर्चाका एक नेताले हुलाकी न्यूजलाई जानकारी दिएका छन् । प्रचण्डसँग भएको भेटवार्तामा मोर्चाको मागप्रति सकारात्मक धारणा आएको बताइएको छ ।
स्मरण रहोस् अहिलेसम्म मधेशी मोर्चाले औपचारिक र अनौपचारिक गरी २३ पटकसम्म वार्ता गरिसक्दा पनि बिना कुनै सहमति समाप्त हुँदै आएको छ ।
देशमा लामो समयदेखि चलिरहेको मधेश आन्दोलनका कारण सबै क्षेत्र धरासायी हुँदै गएको छ । सरकारको बेवास्ताका कारण आन्दोलन लम्बिदै गएको बुद्धिजीबीहरुको भनाई ।





You might think the email is funny and often will the device?
Ask in advance if they would like to receive jokes etc coupons discount tire
But life had been kind that in our generation today discount office items coupon Some other words baltimore aquarium discounts coupons You are
a keen reader; you read more west marine discount coupons