हुलाकी न्यूज, राजविराज १० पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले मधेशको ‘राष्ट्रिय गान’को धनु सार्वजनिक गरेका छन् ।
डा.राउतले आफ्नो फेसबुक पेजमार्फत दुई मिनेट १५ सेकेण्डको भिडियो सार्वजनिक गरेका छन् । जसमा गठबन्धनले गाउँदै आएको मधेश राष्ट्रिय गानको शब्द र धुन रहेको छ ।
भिडियोमा मधेशको झण्डा फहराउँदै गरेको देखिन्छ । राउतले लेखेका छन्,‘स्वयम् सेवकले मार्च पास गर्दा वा खेलाडिहरुले आफ्नो हौसला बढाउनका लागि झण्डालाई सलामी दिदाको समय राष्ट्रिय गानको धुन बजाउन सक्नेछ ।’
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
डा.राउतले लेखेको मधेशको राष्ट्रि गान
कोशी कमला गण्डक काली
जनक सीता बुद्ध धारी
अनन्त उर्वर मधेश जय
सहस्र तलाव सरस मृणाली
सुलभ समृद्ध सतत हरियाली
मनोरम महान मधेश जय
परित्राता परिपालक परमभवशाली
अजित अधिप आभा भारी
मेधावी महारथी मधेश जय
जय जय जय मधेश जय
जय जय जय मधेश जय




