Biratnagar-file

हुलाकी न्यूज, विराटनगर ९ पुस । विराटनगर–७ सरोचिया चौक नजिकको स्वागतम् चौकमा विहीबार राती सवा आठ बजे भएको विस्फोटमा दुई जना घाइते भएका छन् ।

मोरङका एसपी तारेनी प्रसाद लम्सालले हुलाकी न्यूजसँग कुराकानी गर्दै विस्फोट भएको पुष्टि गरेका छन् । लम्सालले सुतली बंम विस्फोट भएको हुन सक्ने बताए ।

घटना स्थलमा प्रहरी पुग्दा विस्फोटजन्य कुनै सामाग्री फेला नपरेको उनले बताए । लम्सालका अनुसार कस्ले विस्फोट गराएको भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।

विस्फोटबाट भगवानलाल साह र श्याम साह घाइते भएका छन् । भगवानलालको खुट्टामा र श्यामको पेटमा छर्रा लागेको हो । उनीहरुको उपचार स्थानीय अस्पतालमा हुँदैछ ।

यसअघि मधेशी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्दा झडप भएको थियो ।

फाईल : तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.