Masal-julush
हुलाकी न्यूज, काठमाडौं ९ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्व घोसित कार्यक्रमअनुसार विहीबार साँझ मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

जनकपुरसहित मधेशका जिल्लाहरुको सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन गरिएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
अत्याधिक चिसोका कारण सदरमुकामहरुमा भएको मसाल जुलुसमा उपस्थिति कम देखिएपनि संतोषजनक रहेको मोर्चाका नेताहरुले दाबी गरेका छन् ।

यता जनकपुरधाममा मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्वभाना पार्टीका नेता कार्यकत्र्ताहरु सम्मिलित जुलुस भानु चौकबाट सुरु भई जनक चौक पुगेर सम्पन्न भएको थियो ।

जुलुसका क्रममा मोर्चाका नेताहरुले मधेशको माँग पुरा गर्न माँग गर्दै नाराबाजी गरेका थिए ।

तस्बिर:किरण कर्ण/जनकपुरधाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.