Mohamad-day-biratnagar

अर्कना खातुन/अदिब कामिल जामाली, काठमाडौं/विराटनगर/भैरहवा ९ पुस ।
इस्लाम धर्माम्बलीहरुले विभिन्न कार्यक्रम गरी ‘मोहम्मद डे’ मनाएका छन् । उक्त अवसरमा मुस्लिमहरुले सार्वजनिक विदाको मागसमेत गरेका छन् ।

मधेशको विराटनगरदेखि नेपालगञ्जसम्मका मुस्लिमहरुले विभिन्न स्थानमा कार्यक्रम गरी आजको दिनलाई मोहम्मद डेको रुपमा मनाएका छन् ।

ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १४९०औं शुभ जन्मोत्सवको उपलक्ष्यमा कार्यक्रमहरुको आयोजना पनि गरिएको छ ।

विहीबार बिराटनगर, भैरहवा, बीरगंज र नेपालगंजमा जुलुस निकालिएको छभने अन्य कार्यक्रमहरु पनि भएको छ ।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्ल औवल्लको १२ तारिखको दिन मधेशसहित विश्वभरीका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि ‘मोहम्मद डे’शदियौदेखि मनाइउदै आईरहेको मुस्लिम धर्म गुरुहरुले बताएका छन् ।

इस्वी ५७१, अप्रिल २० तारिखको दिन खाडी मुलुक सौउदीको मक्का स्थित हजरत मोहम्मदको जन्म भएको थियो । बुबा हजरत अब्दुल्लाह र आमा बिबि आमिनाको सन्तानको रुपमा पृथ्वीमा आएका हजरत मोहम्मदको जन्म पुर्व अर्व मुलुकलगायत विश्वभरीमा हत्या, हिंसा, महिलामाथि अत्याचार, दुराचार तथा विभिन्न किसिमका अपराध तथा अपराधीले प्रशय पाएको गुरुहरुको भनाई रहेको छ ।

हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले देखाएका बाटो संसार भरिका मुस्लिम समुदायले पहिल्याउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.