हुलाकी न्यूज, वीरगंज, ९ पुस । जाडो बढ्दै गएको बेला विभिन्न संघ–संस्थाहरुले करिब असहायहरुलाई लुगा तथा कम्बलहरु वितरण गर्दैछ । मधेशका अन्य जिल्लाहरुमा पनि वितरण कार्यक्रम आवश्यक रहेको छ ।
यता बीरगंजमा लायन्स क्लव अफ वीरगंज कपलले न्यानो लुगा र कम्बल वितरण वितरण गरेका छन् ।
रात्री ९ बजेदेखि मध्यराती १२ बजेसम्म वीरगंजका सडकपेटी, गल्ली, चोक, बस पार्क, अस्पताल, धर्मशाला, मन्दिरलगायतका स्थानमा खुल्ला आकाशमुनि रात बिताइरहेका गरिबहरुलाई लायन्स सदस्यहरुले कम्बल एवं न्यानो लुगा वितरण गरेको ल्यान्स क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लव ३२५ बी २ का सदस्यहरुको उल्लेख्य सहभागिता रहेको लायन मुकेश खेतानले बताए ।
क्लवले बिगतका बर्षहरुमा पनि विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।




