मलंगवा, ९ पुस । लगातार चारदेखि मलंगवामा प्रहरी प्रशासनले बर्बर दमन गरिरहेको छ । प्रदर्शनकारीहरुमाथि प्रहरीको बर्बरताले सीमा नाघिसकेको छ । घरभित्र पसेर कुटपिट गर्न थालिएको प्रदर्शनकारीहरु बताउँछन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बुधबार दिनभिर नै झडप भएको थियो ।
विद्यार्थीहरुलाई समेत कुटपिट गरेको बताएका छन् । दर्जनौं निर्दोष विद्यार्थीहरुलाई जहाँ पायो त्यहीं निर्घात कुटपिट गर्न थालेको छ । मोर्चाका नेता तथा संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई रिहाइको माग गर्दै बिरोध प्रदर्शनसहितका कार्यक्रमहरु आज पनि जारी रहेको छ । ठाउँ–ठाउँमा झडप भएको छ भने आक्रोशित प्रदर्शनकारीहरुले विभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरेका छन् । सुरक्षाकर्मीको कुटाइबाट दर्जनौं घाइते भएका छन् भने प्रहरीको ज्यादती बन्द भएको छैन ।




