Hulaki-cropped-logo-small1222

वीरगंज, ९ पुस । संघीय समावेशी मधेशी युवा गठबन्धन पर्साले मधेश जागरण युवा सभा गर्ने जनाएको छ । गठबन्धनको बुधबार बसेको बैठकले अगामी पुस ११ गते शनिबारका दिन माईस्थान चौकमा मधेश जागरण युवा सभा गरिने निर्णय गरेको छ ।

वीरगंज उपमहानगरपालिका लगायत पर्सा जिल्लाको हरेक क्षेत्रको सहभागिता रहने जिल्ला संयोजक ईश्वर यादवले बताएका छन् । बैठकमा गठबन्धनका युवा नेताहरु धर्मेन्द्र पटेल, ओमप्रकाश सर्राफ, धुरेन्द्र पटेल, अनिल गुप्ता, रोशन कुमार, धन्नजीव मिश्रा, संदिप चौरसिया, सुशिल पटेल, कुन्दन सिंह, शम्सुल अंसारी, निशान्त मिश्रा, शिव नारायण राम, भागीरथ साह, कृष्णा पटेल, सुजित त्रिपाठी, मित्रदेव यादव, नुर आलम, पप्पु पटेल, जलेश्वर सर्राफ लगायतको युवाहरुको सहभागिता रहेको संयोजक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.