madheshi yuwa

काठमाडौं, ९ पुस । नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपाललाई संयुक्त लोकतान्त्रिक मधेशी युवा मोर्चाले कडा जवाफ दिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निकटका युवा संगठनहरुले एमाले भ्रातृ संगठन युवा संघ नेपालका नेताहरुको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै भर्त्सना गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी युवा मोर्चाले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमालेका युवा संगठनका नेताहरुले लगाएको आरोपको खण्डन गरेको छ । युवा संघले कतैवाट प्रचालित भएर आन्दोलनलाई कमजोर पार्नका निम्ति दिएको अभिव्यक्ती राष्ट्र विरोधी अभिव्यक्ति भएको हाम्रो ठहर गरेको छ । मधेशी युवा मोर्चाले जारी गरेको विज्ञप्तिमा ‘यस्ता गैरजिम्मेवार र राष्ट्रद्रोही अभिव्यक्ति दिने व्यक्ति नेपाली राजनीतिको खराव अंश रहेको’ भन्दै ‘यस्ता आचरणबाट हुनसक्ने क्षतिको जिम्मेवार सम्बन्धित संस्था नेपाल सरकारले लिनुपर्ने’ चेतावनी मधेशी युवा मोर्चाले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.