राजविराज, ८ पुस । मधेशी मुक्ति जागरण अभियान कार्यक्रमहरु विद्यालयहरुमा सञ्चालन गरिएको छ । मधेश आन्दोलन र मधेशी एजेन्डाबारे विद्यार्थीहरुलाई सचेतनाका लागि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ ।
मधेशी मुक्ति जनजागरण अभियान कार्यक्रम आज राजविराजको ग्यालेक्सी क्याम्पसमा सम्पन्न भएको छ । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीका सह–संयोजक तारकेश्वर यादव को अध्यक्षता तथा विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादवको प्रमुख अतिथ्यतामा सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा मोर्चाका सदस्यहरू विशाल यादव, नरेश यादव, दिनेश शर्मा, धर्मेन्द्र ठाकुर, मो.नोमान लगाएत वक्ता ले मधेशी जनताले गरेको आन्दोलनलाई सशक्त गरिदै अब को निर्णायक आन्दोलनमा युवा विद्यार्थीले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा विशेष जोड दिएका छन् ।
उक्त क्याम्पसमा २५ सदस्य समिति समेत गठन गरिएको विद्यार्थीका अध्यक्ष यादवले जनाएका छन् । समितिको अध्यक्ष लखिन्द्र साह, उपाध्यक्ष पुष्पेन्द्र साह, सचिव चान्दनी चौधरी, सहसचिव अम्बिका चौधरी, कोषाध्यक्ष पूष्पा चौधरी र सदस्यहरू हेम नारायण चौधरी, रंजित कुमार मंडल, सपना चौधरी ,विश्मपर पुरी ,एलेन सिंह ,सुभागनि झा ,देवकान्त राम ,संगिता साह,अमित यादव ,चन्द्रीका साह ,अभिशेक पुरी ,महिनारायण साह, संगिता चौधरी ,संजय मंडल ,महानन्द साह ,राजेश साह ,अजय राम ,दीप नारायण साह ,रंजन दत्त र गिरिजा प्रसाद सरदार लगायत रहेका छन् ।




