lathi julus1

जनकपुरधाम, ८ पुस । मधेश आन्दोलनले चार महिनाभन्दा बढी समय पार गरिसक्दा पनि सरकारको तर्फबाट कुनै सकारात्मक कदम नचालिएको भन्दै जनकपुरका युवाहरुले लठ्ठी जुलुस प्रदर्शन गरेका छन् ।
संघीय समावेशी मधेशी गठबन्धनको आयोजनामा निकालिएको लाठी जुलुसमा सयौंको संख्यामा युवाहरुको सहभागिता देखिएको थियो । लठ्ठी जुलुसमा युवाहरुले सरकारको विरोधमा र आन्दोलनको समर्थनमा नारा जुलुस लगाएका छन् ।
जारी मधेश आन्दोलन बिगत केही दिनदेखि सेलाउदै गएको भन्दै युवाहरुले अधिकारको आन्दोलनलाई अझ सशक्त बनाउने उद्देश्यले गठबन्धनले आज बिहान ९ः०० बजे मिल्स एरिया बाट विशाल लठ्ठी जुलुस निकाली जनकपुरको विभिन्न स्थानको परिक्रमा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.