rautahat53

राकेश यादव, रौतहट, ८ पुस । प्रहरीको गोली लागी मृत्यु भएका मोहम्मद शम्स परबेजको आज अन्त्येष्टि गरिएको छ । प्रदर्शनको क्रममा प्रहरीसँग भएको झडपमा परि परबेजको मृत्यु भएको थियो । तबरेजको गृहनगर रौतहटको गाउँ विकास समिति तेजपाकड़मा मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
उनको आज विहान साढे १० वजेको समयमा गाउमा रहेको कब्रगाहमा आन्तोष्टि गरिएको हो । माटो दिने कार्यमा गाउको स्थानीय वासिन्दाहरुको साथै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले सहभागी भइ अन्तिम श्रन्दाजली दिएका छन् ।
गत आइतवारका दिन प्रदर्शनको क्रममा गौरको मधेशी क्रान्ति चोक नजिकै झडप हुदा प्रहरीले चलाएको गोली लागि निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.