janakpur

अमरेन्द्र कुमार यादव, धनुषा ८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले संविधा संशोधनको विधेयकसहित राष्ट्रपतिको पुतला पनि जलाएका छन् । मधेशी मोर्चाको नेतृत्वमा मंगलबार धनुषाकोे क्षेत्र नं. १ डुमरिया बजारको नाराबाजी गर्दै राष्ट्रपतिको पुत्ला लगायत संविधान विधेयक जलाएका स्थानिय देवेन्द्र गोइतले जानकारी दिए ।

यादवका अनुसार सयौंको संख्यामा रहेका मोर्चा आवद्ध नेता तथा कार्यकर्ताहरु नगरपरिक्रमा गर्दै सरकार बिरुद्ध कडा नाराबजी समेत गरेका थिए । राष्ट्रपति भण्डारी जनकपुर आएको बेला मधेशी जन्ता गरेको बिरोध र पुलिस प्रसाशनले जुत्ता लगाएर, कुकुर समेत मन्दिर परिसरमा पसेकोले शुद्ध गरेको कुरालाई राष्ट्रिय स्तरमा गलत प्रचारबाजी गरेको भन्दै राष्ट्रपति भण्डारीका पुत्ला जलाईएको हो भने सरकारले संसदमा अगाडि बढाएको संविाधन संशोधनको विधेयकप्रति असहमति जनाउदै बिधेयक जलाएकोे मधेशी मोर्चाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.